मध्यरातमा संसद विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव

  आवाज संवाददाता

इलाम।मन्त्रिपरिषद्को सिफारिस लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा भंग गरेकी छन् । बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको केही बेरमै राष्ट्रपति कार्यालयले यस्तो घोषणा गरेको हो ।

मन्त्रिपरिषद्ले सिफारिसलगत्तै राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरी कार्तिक २६ र मंसिर ३ गते दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा गरेको जानकारी राष्ट्रपति कार्यालयको वेवसाइटमा एक बजेर ४९ मिनेटमा पोस्ट भएको छ ।

शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा भंग गरी मध्यावधि निर्वाचन मिति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपति भण्डारीले शुक्रबार राति सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेको जनाए लगत्तै मन्त्रिपरिषद्‌ बैठक बसेको थियो ।

बालुवाटार र शीतल निवास रातभर जाग्राम रहेर भए पनि ओलीको २०७७ पुस ५ को चाहना पूरा गर्ने काम भएको छ । हस्ताक्षर र सांसद त्यही उपस्थित हुँदा पनि अनेकन वहाना झिकेर उनले दुवैलाई प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने निर्णय लिएर ओलीको कदमलाई साथ दिएकी थिइन् ।

राष्ट्रपतिको निर्णयलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्‍को बैठक राखेर प्रतिनिधि सभा विघटन गर्ने र मध्यावधि चुनावको मिति तोक्ने काम गरेका थिए । यसबारेमा पहिले नै तयारी रहेको पनि एक मन्त्रीले जानकारी दिएका थिए । योजना एक, दुई र तीन सबै थिए भन्दै त्यही अनुरुप यस्ता कार्य भएका हुन् । उनकै मन्त्रिमण्डलमा रहेका समेत यस्ता कार्यबाट सन्तुष्ट छैनन् र विरोध गर्न नि सकेका छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार