इलाम।विपक्षी गठबन्धनको संयुक्त बैठक बसेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि संसद विघटनबारे आगामी रणनीति तय गर्न बैठक बसेको हो ।
बैठकमा कांग्रेस, माओवादी केन्द्र, एमालेबाट विद्रोह गरेको माधवकुमार नेपालपक्ष, जसपाको डा. बाबुराम भट्टराई र उपेन्द्र यादवपक्ष उपस्थित छन्। बिहान ११ बजे संसद भवनको ल्होत्से हलमा बोलाइएको बैठकमा संसद विघटनको निर्णय विरुद्ध चाल्ने कदम बारे छलफल हुनेछ।