बेलायतले २० लाख डाेज खाेप नेपाललाई दिने

  आवाज संवाददाता

काठमाडौं। बेलायतले नेपाललाई कोरोना भाइरसविरुद्धको २० लाख डोज आस्ट्राजेनेका ९कोभिसिल्ड० खोप उपलब्ध गराउने भएको छ ।

बेलायतले कोभ्याक्स सुविधामार्फत उक्त खोप प्रदान गर्न लागेको बताइएको छ । बेलायती संसदको उपल्लो सदन ‘हाउस अफ लर्ड्स’ गएको बिहीबार नै नेपाललाई उक्त खोज उपलब्ध गराउनेबारे निर्णय भएको परराष्ट्र मन्त्रालय स्रोतको भनाइ छ ।

बेलायती संसदमा नेपाललाई उक्त मात्राको खोप उपलब्ध गराउने जानकारी ब्रिफिङ भएको छ र यसबारे बेलायतले औपचारिक निर्णय गर्ने जानकारी हामीलाई प्राप्त भएको छ’ स्रोतले भन्यो ।

यसअघि नेपालले कोभ्याक्स अन्तर्गत ३ लाख ४८ हजार डोज खोप प्राप्त गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार