विपक्षी गठबन्धनले प्रतिनिधि सभा विघटनको राजनीतिक र कानूनी प्रतिवाद गर्ने

  आवाज संवाददाता

इलाम। पाँच दलको विपक्षी गठबन्धनले प्रतिनिधि सभा विघटनको राजनीतिक र कानूनी प्रतिवाद गर्ने निर्णय गरेको छ । संसद भवनको लोत्से हलमा बसेको कांग्रेस, माओवादी, एमाले माधव नेपाल समूह, जसपा र जनमोर्चाको संयुक्त बैठकले प्रतिनिधि सभा विघटनको राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेको हो ।

बैठकले कोभिड १९ महामारीमा प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयविरुद्ध प्रतिवाद गर्न सामूहिक रुपमा आह्वान पनि गरेको छ । कोभिडले नागरिक मरिरहेका बेला प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले श्रृंखलाबद्ध संविधान मिच्दै प्रतिगामी कदम चालेकाले त्यसको सशक्त प्रतिवाद गर्ने पाँच दलको निष्कर्ष छ ।

बैठकपछि जारी गरिएको संयुक्त प्रेस वक्तव्यमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी सांसद दुर्गा पौडेलको संयुक्त हस्ताक्षर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार