खनाल-नेपालसहित ११ जना सांसदलाई एमालले स्पष्टिकरण साेध्ने

  आवाज संवाददाता

इलाम। नेकपा एमालेले आफ्नो पार्टीको अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाउन विपक्षी दलसँग मिलेर हस्ताक्षर गरेको अभियोगमा माधव नेपालसहितका सांसदमाथि कारवाही प्रक्रिया थालेको छ ।

आज बसेको स्थायी कमिटी बैठकले माधव नेपाल, झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्रीसहितका ११ जना विघटित प्रतिनिधि सभाका सांसदसँग स्पष्टिकरण माग्ने निर्णय गरेको हो । सुरेन्द्र पाण्डे, घनश्याम भुसाल लगायतका नेतासँग भने स्पष्टिकरण मागिएको छैन ।

स्पष्टिकरण सोधिएका झलनाथ, माधव र भीम रावलबाहेक अरु सबै समानुपातिक सांसद छन् ।

माधव नेपाल पक्षका २६जना सांसदले शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भनिए पनि कतिपयले हस्ताक्षर किर्ते भएको भनेको र कतिपयले लिखित र मौखिक रुपमा आफ्नो सहमति नरहेको जानकारी गराएकाले अरुलाई स्पष्टीकरण नसोधिएको बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए । उनीहरुलाई सोमबार बिहानसम्म स्पष्टीकरण दिन भनिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार