सन्दकपुर गाउँपालिकामा पनि कोरोना पुष्टि, तीन संक्रमित

  आवाज संवाददाता

 

कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्स सन्दकपुर गाउँपालिकामा पनि देखिएको छ । हालसम्म कोरोना शून्य (नयाँ भेरिन्यस) रहेको सन्दकपुरमा तीन जनामा पुष्टि भएको छ ।

   जसमध्ये दुई जनाको आज टेष्ट गर्दा कोरोना एन्टिजेन पोजेटिभ देखिएको हो । गाउँपालिकाको स्वास्थ्य शाखाको सूचनाअनुसार आज परीक्षण गरिका  पाँच जनामा मध्ये दुई जनामा देखिएको हो । अर्को एक जनाको भने पुष्टि नभएकाे मिति सूचनामा उल्लेख गरिएकाे छैन  ।
आज संक्रमित भएका दुई जना नै महिला हुन् । संक्रमित तीन जनामध्ये दुई जना होम आइसोलेसनमा छन् भने एक जना अस्पतालको आइसोलेसनमा छन् । संक्रमित तीनै जना गाउँपालिका १ माईपोखरीका रहेका छन् । संक्रमण फैलिने संकेत पाएसँगै केहीदिनअघि गाउँपालिकाले निषेधाज्ञा लगाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार