मुख्य सिजनमै चियामा समस्या : निकासी बन्द

 

देशकै अर्थतन्त्रमा एउटा हिस्सा बनेको नेपाली चिया कोभिड–१९ को महामारीका कारण निकासी हुन नसक्दा तयारी चिया गोदाममै थन्किएको छ । पहिलो सिजन अर्थात ‘फस्ट फ्लस’ को उत्पादनमै महत्वपूर्ण मानिने चियानै उद्योगहरुको गोदममै छ । चैत १५ यता वैशाख भरि उत्पादन भएको चियालाई गुणस्तरका हिसाबले महत्वपूर्ण मानिन्छ ।

    ‘यो वर्ष फस्ट फ्लसकै चिया बाँकी छ, दुई सय किलो चिया निकासी भएको थियो । अठार सय किलो चिया स्पेश्यालीटि चिया तयारी निकासीको तयारी गरिएको थियो , त्यो जानै पाएन ।’ माइपोखरी स्थित जरवीरे चिया उद्योगका सञ्चालक शरद सुब्बाले भने, ‘अस्टे«लिया, डेनमार्क र जर्मनीमा स्याम्पल गइसकेको छ, पुरानै बायरहरुबाट चियाको माग आएको हो तर पठाउनै समस्या छ ।’ सुब्बाले बन्दाबन्दीका कारण गतवर्षको पनि सबै चिया निकासी हुन नसकेको बताए । किसानबाट एक सय रुपियाँ प्रतिकिलो देखि एक हजार पाँच र सय रुपियाँ प्रतिकिलो सम्म हरियो चिया खरिद गरेर बनाइएको चिया बिक्री गर्न नपाउँदा किसानको हरियो चियाको पैसा दिन पनि समस्या भएको सुब्बाको भनाइ छ।
साँखेजुङ स्थत कञ्चनजंघा अर्गानिक चिया उद्योगको पहिलो सिजनको तयारी चिया पनि धेरै परिमाणमा गोदाममै छ । चियाको माग राम्रै आएपनि पठाउनै नसकिएको उद्यागका सञ्चालक मिलनकुमारी खत्री बताइन् । उता ६२ चिया उद्योग आबद्ध रहेको सूर्याेदय टि प्रोड्युसर्स एसोसिएसनले पनि पहिलो सिजनको दुई लाख किलो चिया गोदाममै रहेको जनाएको छ । गतवर्ष पनि बन्दाबन्दीका कारण कारखाना सञ्चालन गर्न नपाउँदा पहिलो सिजनको चियाबाट घाटा व्यहोरेका किसान र चिया उद्योगले यो वर्ष तयारी रहेको चिया निकासी नहुँदा समस्या झेल्नु परेको जनाइएको छ । ‘एक लाख किलो चिया यहाँबाट पठाइयो तर भारतको कोलकत्तामा बजारनै खुल्न सकेन, त्यो चिया पनि बित्रली हुन पाएन, बाँकी चिया यहाँ गोदाममै छ ।’ एसोसिएसनका सचिव गोपाल कट्टेलले भने, ‘करिब चार करोड रुपियाँ चियामै थन्किएको छ । यसले गर्दा उद्योगी र किसान दुवैलाई समस्या छ ।’
विगतदेखि नै पूर्णअर्गानिक चिया उत्पादन गर्दै आएको सूर्योदय नगरपालिका सुन्दरपानी स्थित गोर्खा टी स्टेटले पनि पहिलो सिजनको सबै चिया बिक्री गरेको छैन । विदेशबाट १८ हजार किलो चियाको माग आएपनि माग अनुसारको चिया तयारी गर्नै नसकिने गोर्खा टी स्टेटका सञ्चालक उदय चापागाईं बताए । चापागाईंले भने ‘हाम्रो चियाको उत्पादन मूल्यनै बढी छ, यो वर्ष त विदेशमा नमूना पठाउँदा र कन्टेनर पठाउँदा मूल्य उच्च भएकाले व्यवसायीलाई समस्या छ ।’ चापागाईंका अनुसार तयारी चियाको एउटा कन्टेनर विदेश पठाउँदा दुई हजार पाँच सय डलर सम्म खर्च हुने गरेको छ । पछिल्लो समय भने कोरोना कहरका कारण उत्पादित हरियो पत्तीलाई प्रशोधन गरेर राख्नुको विकल्प नभएको उद्योगीहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार