गाउँमा बढ्दो छ कोरोना

  आवाज संवाददाता

कोरोना नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले जिल्लाभर निषेधाज्ञा गरेपनि जिल्लामा कोरोना बढ्दो क्रममा छ । अहिले पनि झण्डै सयको हाराहारीमा संक्रमित बढ्ने क्रममा छन् । पछिल्लो समय कोरोना संक्रमण सदरमुकाममा भन्दा गाउँ केन्द्रित भएको देखिएको छ ।
केहीदिनअघि सम्म सदरमुकाम क्षेत्र कोरोना संक्रमण भयावह थियो तर अहिले भने सदरमुकाममा बढ्ने क्रममा केही सुस्ताएको छ ।

    यसको विपरीत गाउँक्षेत्रमा बढेको देखिन्छ । आइतबारकै तथ्यांक हेर्दा पनि सदरमुकाम रहेको इलाम नगरपालिकामा १० संक्रमित थपिएका छन् । तर, जिल्लाको पश्चिमी क्षेत्र माङ्सेबुङ गाउँपालिकामा ३८ जना संक्रमित बढेका छन् । यस्तै, हालसम्म कोरोना संक्रमित शून्य रहेको सन्दकपुर गाउँपालिकामा पनि तीन जनामा कोरोना पुष्टि भएको छ ।
जिल्ला प्रशासन कार्यालय इलामको तथ्यांक अनुसार आइतबार सूर्योदय न गरपालिकामा संक्रमित बढेकाको संख्या शून्य छ भने चुलाचुली गाउँपालिका र माईनगरपालिकामा समेत संक्रमित थपिएका छैनन् । आइतबार मात्रै रोङ गाउँपालिकामा एक र माईजोगमाई गाउँपालिकामा १४ संक्रमित बढेका छन् । आइतबार चुलाचुली गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा पनि संक्रमित थपिएनन् । हालसम्म जिल्लामा संक्रमित हुनेको संख्या छ सय २८ पुगेको छ । जसमध्ये ७३ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार