इलाममा थप ७० जनामा कोरोना पोजेटिभ, गाउँमा बढ्दै शहरमा घट्दै

  आवाज संवाददाता

इलाम। इलाममा पछिल्लो २४ घण्टामा ७० जना संक्रमित थपिएका छन् ।

इलाम नगरपालिकामा १० जना, माङसेबुङमा ३८ जना, माइजोगमाई गाउँपालिकामा १४ जना, देउमाई नगरपालिका ४ जना, सन्दकपुर गाउँपालिकामा ३ जना र रोङ गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको हो ।

इलाममा संक्रमितको संख्या ६२८ पुगेको छ ।

पछिल्लाे समय गाउँमा संक्रमण बढ्दै गएकाे देखिन्छ भने शहरमा घट्दै गएकाे देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार