इलाम अस्पताललाई सरकारले अक्सिजन प्लान्ट राख्न ७५ लाख दिने

  आवाज संवाददाता


इलाम। इलाम अस्पतालमा अक्सिजन प्लान्ट खरिद र जडान गर्नका सरकारले ७५ लाख रुपैयाँ विनियोजन गर्ने भएकाे छ । रकम विनियाेजनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रक्रिया अघि बढाएकाे छ ।

मन्त्रीस्तरीय निर्णय गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अर्थमन्त्रालयलाई स्रोत सुनिश्चिताका लागि पत्र लेखेको हो । भाेलिसम्ममा अर्थले रकम विनियाेजनकाे आधिकारीक पत्र दिने बताइएकाे छ ।

इलाम अस्पतालसँगै प्रदेश नं. १ काे धनकुटा अस्पताल र संखुवासभा अस्लापतालका लागि एचडियू खरिदका लागि स्वास्थ्य मन्त्रालयले अर्थलाई रकम सुनिश्चितताका लागि पत्राचार गरेकाे छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार