आठ मन्त्री र दुई राज्यमन्त्रीसहित जसपाकाे महन्थ ठाकुर पक्ष सरकारमा जाने

  आवाज संवाददाता

काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन सहमत भएको छ ।

८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा जाने सहमति जुटेको जसपाका एक नेताको दाबी छ ।

मन्त्री हुने व्यक्तिको टुंगाले लाग्ने बित्तिकै शपथ हुने ती नेताले जानकारी दिए । ओली सरकारलाई सहयोग गर्दै आएको ठाकुर पक्ष नागरिकता विधेयक जारी, संविधान संसोधनका लागि कार्यदल बनेपछि सरकारमा जान तयार भएको बताइएको छ ।

अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले भने ओली सरकारमा सहभागि हुनेलाई पार्टीबाट निष्काशन गर्ने चेतावनी दिइसकेको छ ।

आइतबार बसेको उपेनद्र यादव पक्षको कार्यकारिणी बैठकले त्यस्तो निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार