विपक्षी दलले सर्वोच्चमा रिट दायर गरेर फर्के

  आवाज संवाददाता

काठमाडौं। विपक्षी गठबन्धनका शीर्ष नेता सर्वोच्च अदालतमा रिट पेस गरेर फर्किएका छन् । दुई दिन लामो तयारीपछि विघटित प्रतिनिधिसभाका १४६ सांसदको हस्ताक्षरसहित रिट पेस गरेर फर्केका हुन् ।

रिट दायर गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी एकमात्र सांसद दुर्गा पौडेलसहित विघटित प्रतिनिधिसभाका सदस्यहरू उपस्थित भएका थिए ।

रिट निवेदनमा देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश मागिएको छ भने अन्तरिम आदेशद्वारा निर्वाचन बदर र एमालेलगायत जसपाका सांसदलाई कारवाहीबाट जोगाउन समेत माग गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार