(अन्तर्वार्ता)कोरोनामुक्त देवीचरण फुयालको अनुभव : घरायासी खानपान र जडीबुटीले नै निको भए

  आवाज संवाददाता

कोरोना संक्रमण हुने क्रम बढ्दो छ । जिल्लामा हाल छ सयभन्दा बढी संक्रमित बनिसकेका छन् । जिल्ला प्रशासन कार्यालयले कोरोना नियन्त्रणका लागि निषेधाज्ञा गरेको छ । कोरोना बढ्दो क्रममा छ । तर, संक्रमितमध्ये धेरै जसो निको भएर घर फर्किसकेका छन् । कोरोना संक्रमण भएर निको भएर फर्किने मध्येका एक हुन्, जिल्ला प्रशासन कार्यालय इलामका प्रमुख प्रशासकीय अधिकृत देवीचरण फुयाल ।
अहिले फुयालले कोरोना जितिसकेका छन् । यसै सेरोफेरोमा इलाम आवाज अनलाइनले फुयालसँग गरेको अन्तर्वार्ता अबको क्रममा ः
अफिसमा खट्दाखट्दै तपाईंलाई कोरोना देखिएछ, कहिले देखिएको हो ?
मलाइ बैशाख १४ गते देखिएको हो । अब कोरोनाको दोस्रो खोप लगाउनु तयारी गर्दै थिए । मैले एक पटक कोरोना टेष्ट गरेर मात्र खोप हाल्नु राम्रो भन्ने बुझेको थिए । शुरुमा एन्टिजेन टेष्ट गर्दा पोजिटिभ देखियो ।त्यसपछि सम्म नर्मल नै थियो ।
अनि शुरुमा सामान्यस्थिति रहेछ, पछि पनि उस्तै रहयो कि स्वास्थ्यमा समस्या देखियो ?
अँ, मैले १४ गते एन्टिजेन टेष्ट गर्दासम्म केही भएको थिएन । पोजिटिभ देखिएपछि घर आएर आइसोलेसन बसे । पछि १५ गतेदेखि भने गाह्रो हुन थाल्यो ।
तपाईं कोरोना संक्रमित हुँदै गर्दा कस्ता समस्या भोग्नु प¥यो ?
अघि पनि भने शुरुमा त मलाइ लक्षण थिएन । शरीर केही असहज भएको थियो । रुघा÷मर्की लाग्दा झै भएको थियो । १५ गते अलि साह्रो पा¥यो । १६ गतेदेखि चाहिँ सिकिस्तै भए । सिकिस्त हुँदा पनि (तेस्रोदिनदेखि सातौ दिनसम्म) खुट्टाको हड्डी दुखेझै हुने, जीउ दुख्ने, टाउको अत्याधिक दुख्ने, जाडो हुने, अनि सातौ देखि दशौदेखि सम्म चाहिँ खानै नरुच्नेसम्म भयो ।
परिवारमा तपाईं मात्रै कि अन्य सदस्य पनि संक्रमित हुनुभयो ?
हामी परिवारमा छ जना सदस्य छौ । सबैलाई फरक फरक लक्षण देखियो ।छ जनामा चार जनालाई पोजिटिभ आएको हो । चारजनामध्ये पनि बुवा (८३ बर्षीय) हुनुहुन्छ । मेरो मिसेस (श्रीमती), मेरो ठूलो छोरो (बर्ष २५)लाई लाग्यो । तर, अचम्म छोरालाई अहिले पनि कुनै लक्षण छैन । उ पोजिटिभ हो तर कुनै लक्षण देखिएको छैन । अनि कान्छो छोरो (बर्ष १९) र बुहारी (२५ बर्षीय)लाई चाहिँ दुई चोटी परीक्षण गर्दा पनि नेगेटिभ नै आइरहेको छ ।
सबैजना घरमै आइसोलेसनमा बस्नु भयो कि अरु ठाउँ जानु प¥यो ?
सबैजना घरमै रहयौ । चिकित्सकको सल्लाहमा घरमै निको भयो । सामान्य पारासिटामोल नै प्रयोग गरियो । एउटा औषधि चाहिँ चिकित्सकको सल्लाहले मगाएर खाएपछि सबैलाई विसेक हुँदै गयो । गुर्जो, लसुन लगायतको झोल बनाएर खाइयो । फलफूल बढी खाइयो । काजु, किसमिस जस्तो खाइयो ।
१० औं दिनपछि चाहिँ गाह्रो भयो । बाफ लियौ । हामीले अस्पतालको औषधि पनि कम लियौ ।
संक्रमण बढिरहेको छ, कस्तो सल्लाह दिनुहुन्छ ?
अहिले पनि मलाई समस्या नै छ । जीउले चिसो सहदैन । तर, आफ्नो जीवनशैली र खानपानले पनि कोरोना कति चाडो जाति हुनेमा भर पर्छ जस्तो लाग्छ । खानपानमा होसियार भएर घरायसी औषधि प्रयोग गरेरै जाति भएको हुँ ।

(नोट ः यो अन्तर्वार्ता गोपाल निरौलाले गरेको कुराकानीका आधारमा तयार गरिएको हो )

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार