नागरिकतासम्बन्धी अध्यादेश आएपछि विरोध र समर्थनका कार्यक्रम चलिरहेका छन् । अहिले लामालामा लेख,सामाजिक सञ्जालमा स्टाटस यत्रतत्र हेर्न पाइन्छ । अहिले समाज यो विषयलाई लिएर दुई धारमा विभाजित छ ।
अधिकांशलाई यो विषय मन परेको छ तर विरोध गर्ने त हाम्रो धर्म,परम्परा हो भनेझै विरोध गरिरहेका छन । नेपालको संविधानको मर्म अनुसार संविधान कार्यान्वयन गर्नको लागि ल्याइएको अध्यादेश मा केही कमजोरी पक्ष छन् भन्ने र त्यसलाइ दुरुपयोग गर्न प्रशासनले चाहेको खण्डमा दुरुपयोग हुन्छ कि भन्ने डर त्रास सच्चा देशभक्त नेपाली लाइ हुनु अस्वभाविक होइन ।
यस अध्यादेशको मर्ममा काम गर्ने हो र साँच्चीकै यहाँका नेपाली लाई नागरिकता दिने विषयमा सम्पूर्ण सरोकारवाला जिम्मेवार र जवाफदेही बन्ने हो भने यसको फाइदैफाइदा छन् ।
नेपाली भएर पनि नागरिकताबाट वञ्चित हुनु पर्ने जनताको घाउमा यसले मलम पट्टी गर्ने नै छ । हाल सामाजिक संजालमा फिजिकरण,सिक्किमीकरणको संज्ञा दिइएको यो अध्यादेश मा नेपालको संविधान मा भएको व्यवस्था कार्यान्वयनमा ल्याएको भन्दा फरक विषय देखिदैन ।
नेपालको संबिधान भाग २ धारा ११,उपधारा ५ मा नेपालको नागरिक आमा बाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बुबाको पहिचान हुन नसकेको ब्याक्ति लाइ बंशज को आधारमा नेपालको नागरिकता प्रधान गरिने व्यवस्था उल्लेख छ । साथै बाबु विदेशी नागरिकता भएको ठहरभएमा उक्त व्यक्तिको नागरिकता स्वतः अंगीकृतमा परिणत हुने प्रष्ट उल्लेख छ ।
अध्यादेशले यही संविधान को धारालाई कार्यान्वयन गर्न सहज बनाएको छ । यो विषय मा विरोध गरेर नानाथरी लाल्छना लगाउनु भनेको नेपाली भएर पनि आजसम्म नागरिकता नपाउनेलाइ पुनः नागरिकता पाउनबाट वञ्चित गर्ने पक्ष मा आफ्नु मत राख्न्नु मात्र हो ।
मलाई नागरिकतासम्बन्धी अध्यादेश आएपछि थोरै भएपनि राहत महसुश भएको छ मलाई यसबीचमा एक नेपाली छोराले नागरिकता नपाएर जीवनमा भोगेको दु;ख,पीडा राम्रोसँग थाहा छ । मैले आफैले पनि नजिकबाट भोगेको÷देखेको छु ।
मसँगै पढेको, बढेको, हुर्केको साथी पढ्नमा मिहेनत लगनशिल पढनको साथै अतिरिक्त कृयाकलापमा उनको सक्रियताको सधैभरी चर्चा हुने गर्थो । परिवारको सपना छोरो पढेर ठूलो मान्छे हुन्छ,परिवारको जिम्मेवारी उठाउछ भन्ने ठूलो आशा र विश्वास थियो ।
त्यो परिवारको आशा र विश्वासलाई साकार पार्न उ सधै लागिरहेको थियो । बुबा आफू ६ बर्षको हुँदा वित्नुभएकोले, उसलाई राम्रोसँग थाहा थियो हुर्काउन, बढाउन, पढाउनको लागि आमाले गरेको दुःख सानैदेखि परिवारको जिम्मेवारी आफ्नो काँधमा आएको र जिम्मेवारी पूरा गर्नुपर्ने भएकोले उ सधै चिन्तित देखिन्थो । दिनहरु बित्दै गए । हामी ठूला हुँदै गयौ, सँगै पढ्ने साथीहरू वैदेशिक रोजगारीमा जान थालिसकेका थिए, केही साथीहरु जागिर खान थालिसकेका थिए ।
पढाइ राम्रो भएकाले राम्रो सरकारी जागिर खाने ठूलो सपना मेरो साथीको थियो, जागिरको लागी पहिलो सर्त थियो नेपालको नागरिकता, तर उसँग नागरिकता थिएन बुबा सानैमा वित्नुभएको, बुबाको नागरिकता नभएको बुबा सानै उमेरमा नेपाल आएर यतै विवाह गरेर यतै बसेपनि उहाँले नागरिकता पाउनुभएको थिएन । मेरा साथीका बुबाले जिन्दगीका ४०÷५० औ बसन्त नेपाली भूमिमा बिताउनु भयो त्यसो हुँदा हुदै पनि यहाँको नागरिक नभई बित्नुभयो । आमाको त नागरिकता थियो तर मेरो साथीका लागि त्यो नागरिकता ले आफु नागरिक बन्नको लागि केहि काम गरेन । स्नातक पढिसक्दा पनि मेरो साथी नेपालमा कुनै जागिरको लागि योग्य भएन न बैदेशिक रोजगारिमा जानलाइ योग्य भयो त्यो मेरो साथिको एउटा प्रतिनिधिमुलक पात्र मात्र हो यस्ता थुप्रै नेपालको छोरा हरुमा यो समस्या छ ।
त्यसैले आज म खुशी छु मेरो साथिले नागरिकता पाउने भयो !
आज नेपाल फिजिकरण हुन्छ सिक्किमिकरण हुन्छ भन्नेहरूलाई मेरा साथी जस्ता थुप्रै नेपाली छोराको पीडा थाहा छ ? नेपालमा जन्मिएर हुर्किएको मानिस कुन देशको नागरिक हुनुपर्ने हो ? बुबा र आमाको साम्मान हैसियत हँुदा चित्त दुखेको हो ? सबै सरोकारवालाले सही ढङ्गले काम नगर्ने हो भने जे को पनि दुरुपयोग हुन्छ ।
हामीले दुरुपयोग हुनबाट जोगाउन लाग्ने कि नेपालीलाई नागरिकता रबाट वञ्चित गराउने ? भ्रष्टचार हुन्छ भनेर केही काम नगर्ने कि भ्रष्टाचार हुन नदिने ? हामी सचेत नेपाली नागरिकले नेपालमा जन्मिएको हुर्किएको मान्छेलाइ नागरिक बन्न बाट बञ्चित गर्न नलागौं ।
सबै मिलेर कानुनको दुरुपयोग हुन नदिउ आज मेरा साथीजस्ता थुप्रै नेपाली छोराको घाउमा नागरिकता सम्बन्धी अध्यादेशले मलम पट्टी गरेको छ ।