इलाम अस्पतालमै १५ जना संक्रमित निको भए, १७ जना उपचाररत


इलाम। इलाम अस्पतालमा ४२ बेडसहितको कोरोना अस्पताल सञ्चालन भएपछि संक्रमतिले इलाममै उपचार पाउन थालेका छन् ।

कोरोना संक्रमित १५ जना यहाँ उपचारपछि निको भएर घर फर्केका छन् । सोमबार एकै दिनमा सात जना संक्रमित उपचारपछि घर फर्किएका थिए । अहिले १७ जना सं क्रमितको उपचार भइरहेको इलाम अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले जानकारी दिए ।

एचडियू/आइसियूका दुई बेड भएपनि अहिले एकजनाको एचडियु/आइसियुमा उपचार भइरहेको र अरु १६ जनाको जनरल वार्ड(आइसोलेशन) मा राखेर उपचार भइरहेको पनि उनले बताए ।

सीमित स्रोत साधनका बीच पनि अहिले इलाम अस्पतालले कोरोना संक्रमितको उपचार गरिरहेको छ ।

यसअघि संक्रमितको उपचार झापामा मात्र हुने गरेको थियो । उपचारका लागि झापा जाँदाजाँदै बाटोमै संक्रमितको ज्यानसमेत जाने गरेको थियो ।

इलाम अस्पतालमै संक्रमितको उपचार हुन थालेपछि स्थानीयले राहत महसुस गरेका छन् ।

इलाम अस्पतालमा दुई वटा एचडियू÷आइसीयु (आइडिफेन्सी युनिट/इन्टेन्सिभ केयर युनिट) सहितको दुई बेडसहितको कोरोनाको उपचार सेवा शुरु भएको छ ।

एचडियु र आइसियूसहित ४२ बेडको कोरोना अस्पताल शुरु गरिएको पनि उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार