६२ को परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि, नगरमा घट्दै संक्रमण

इलाम।इलाम नगरपालिकामा आज गरिएको एन्टिजिन परीक्षणमा पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

नगरमा ६२ जनाको एन्टिजिन परीक्षण गर्दा पाँच जनामा पोजेटिभ देखिएको हो । इलाम नगरपालिका र इलाम नगरपालिका वडा नं. २ मा आज एन्टिजिन परीक्षण गरिएको थियो ।

निषेधाज्ञाको समय लम्बिदैं जादा नगरभित्र संक्रमण घट्दै गएको देखिन्छ । संक्रमणको चेन ब्रेक गर्नका लागि अझ स्वास्थ्य संस्थाबाहेकका सबै सेवाहरु बन्द गरिनु पर्ने नागरिकले बताउँदै आएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार