इलाममा जारी निषेधाज्ञा जेठ २२ सम्म थप

इलाम।जिल्ला प्रशासन कार्यालय इलामले जिल्लामा जारी निषेधाज्ञाको समयावधि थप गरेका छ ।

जिल्ला प्रशासन कार्यालयले आज जारी गरेको आदेशमा जेठ २२ गते मध्यरातीसम्म जिल्लाभर निषेधाज्ञा रहने जनाएको छ ।
प्रशासनले यसअघि बैंशाख २८ गते निषेधाज्ञा जारी गरेको थियो ।

यसपटक जारी भएको निषेधाज्ञा अघिल्लोकै निरन्तरता भएकाले अतिआवश्यक र स्वास्थ्य सेवाबाहेकका सेवाहरु बन्द रहने जनाइएको छ । खाद्यान्न, तरकारी र फलफूलको पसल तथा ढुवानी भने स्वास्थ्य मापदण्ड अपनाएर निश्चित समयसम्म खुल्ला रहने जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार