इलामका विपक्षी दलहरुले प्रधानमन्त्री र राष्ट्रपतिकाे कदमकाे विराेध गरे

इलाम। इलाममा विपक्षी दलहरुले मंगलबार एक संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपतिको पछिल्लो कदमको विरोध गरेका छन् ।

संसद विघटन गैर संवैधानिक र लोकतन्त्र विरोधी कदम भएको भन्दै त्यसको विरद्धमा लड्न नागरिकलाई आव्ह्रान पनि गरेका छन् ।

नेपाली कांग्रेसका सभापति हिमालय कर्माचार्य, नेकपा माओवादी केन्द्रकी संयोजक सोममाया राई र माधव नेपाल पक्षका भक्त केसी (उपाध्यक्ष, नेकपा एमाले) को संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तीमा प्रतिनिधि सभाको विघटन गरी मध्यावधि निर्वाचन घोषणा गर्ने असंवैधानिक, अलाेकतान्त्रिक, अनैतिक, अराजनीतिक, स्वेच्छाचारी र अधिनायकवादी कदम प्रति गम्भीर ध्यानाकर्षण भनिएकाे छ । साथै जारी विज्ञप्तीमा राष्ट्रपति र प्रधामन्त्रीले बदनियतपूर्ण किसिमले प्रतिनिधि सभाको विघटन गरी नेपालको विधान र लोकतन्त्रमाथिनै गम्भीर प्रहार गरिएको प्रति घोर निन्दा एवं भत्र्सना गर्दछौं भनिएको छ ।

यसरीनै विज्ञप्तीमा भनिएको छ, संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि बस्तुगत आधार पेश भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्ति नगरेर सार्वभौक प्रतिनिधि सभा रातारात विघटन संविधान र लोकतन्त्रको हत्या हो भनिएको छ ।

विज्ञप्ती:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार