इलाम अस्पताललाई पाँच लाख बराबरकाे स्वास्थ्य सामग्री हस्तान्तरण

  आवाज संवाददाता

इलाम। इलाम अस्पताललाईै तीन चुली नामक संस्थाले आज पाँच लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

संस्थाले काठमाण्डौंबाट पठाएको सामग्री बुधबार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री राम रानाले अस्पतालका प्रमुख प्रभू साहलाई हस्तान्तरण गरेका छन् । अस्पताललाई पाँच वटा अक्सिनज कन्सनटेटर, ५० थान वासेबल पीपीई, प्रदान गरिएको हो ।

समाजकल्याण परिषदका कोषाध्यक्ष लोकनाथ सुवेदी, गैर सरकारी संस्था महासंद्दका उपमहासचिव र इलाम नगरपालिका वडा नं. ७ का वडा सदस्यको पहलमा संकलन सहयोग संकलन गरिएको हो ।

यसरीनै प्रदेश सरकारबाट प्राप्त १० हजार थान एन्टिजिन किट पनि मन्त्री रानाले अस्पताललाई खाजै हस्तान्तरण गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार