माङसेबुङ गाउँपालिकाका सबै सेवा बन्द

इलाम।कोरोना भाइरसको संक्रमण पालिकामा पनि तीब्र बन्दै गएपछि माङसेबुङ गाउँपालिकाले आजदेखि सरकार तथा सार्वजनिक सेवाहरु बन्द गरेको छ ।

गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै माङसेबुङ गाउँपालिकामा पनि कोरोना भाइरसको संक्रमण फैलिएको र यसको रोकथाम र नियन्त्रणका लागि गाउँपालिका, वडा कार्यालयहरु र वित्तिय संस्थाहरुले दिने सबै सेवाहरु जेठ २२ गतेसम्म बन्द गरिएको जनाएको छ ।
अन्य सेवाहरु जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञा अनुसार हुने पनि पालिकाले जनाएको छ ।

माङसेबुङ गाउँपालिकामा अहिलेसम्म ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पालिकाकाे सूचना:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार