सञ्चारकर्मी घिमिरेको कोरोना अनुभव : समाचार लेख्दालेख्दै संक्रमित बने, संक्रमित हुँदा पनि समाचार लेखे

जिल्लामा कोरोनाको संक्रमण दर बढ्दो छ । कोरोनाकै कारण दैनिकी असहज वनिरेहेको छ ।  जिल्लाका सबै पालिकामा कोरोना देखिसकेको छ । संक्रमितसँगै मृत्यु दर पनि बढ्दो छ । विशेषगरी पहिलो स्तरमा काम गर्नेलाई कोरोनाबाट बढी खतरा छ । यही पहिलो लहरमै काम गर्नेमा पर्छन्, सञ्चारकर्मी । संक्रमित बन्ने मध्येका एक सञ्चारकर्मी हुन्, गणेश घिमिरे । केहीदिन अघि घिमिरेको पनि पीसीआर रिर्पोट पोजिटिभ आयो । अहिले घिमिरे संक्रमणमुक्त भइसकेका छन् । यसैबारेमा घिमिरेसँग इलाम आवाजले गरेको कुराकानी अबको क्रममा :

तपाईको रिर्पोट पोजिटिभ आएछ अर्थात कोरोना संक्रमित हुनुभएछ ? कहाँबाट कोरोना स¥यो भन्ने लाग्छ ?

कोरोना कहाँबाट स¥यो भन्ने ठ्याक्कै थाहा छैन । समाचार संकलनका लागि धेरै हिडिँरइन्छ । तर, समाचारकै लागि एक पटक इलाम अस्पताल गएको थिए । अस्पतालमा संक्रमित पनि रहेकाले त्यहीबाट स¥यो कि भन्ने लाग्छ । फेरि मैले काम गर्ने ठाउँकै एक जना सहकर्मीलाई पनि कोरोना देखियो । उसलाई कोरोना देखिनुभन्दा एकदिन अघि चाहिँ हामी सँगै थियौ । त्यहीबाट सरेको पनि हुन लाग्छ ।
दिनदिनै संक्रमित बढेको बढै छ । मानिसहरुको मृत्यु पनि भइरहेको छ ।

तपाईं सङ्क्रमित भएको थाहा पाउँदा कतिको डर लाग्यो ?

म संक्रमित भएको रिर्पोट आएकै दिन पनि काममै थिए । अरुदिन जस्तै काम गरिरहेको थिए । कन्ट्याक ट्रेसिङमा परेकाले चेकअप गराएको थिए तर शरीरमा लक्षण थिएन । यसैले मलाइ खासै असर परेन । तर, संक्रमित भएको रिर्पोट आउँदा एक पटक त डर लाग्ने नै भयो । तर, निको भइन्छ भन्ने लाग्यो ।

तपाईंसँगै अरू कोकोलाई कोरोना देखियो ?
मसहित मेरो परिवारमा श्रीमती र दुई जना छोरा छन् । अहिलेसम्म कसैमा लक्षण छैन । एकपटक जचाउने तयारीमा छु ।

तपाईंमा लक्षण चाहिँ कस्तोकस्तो देखियो ?

मैले अघि पनि भने, म कोरोना लाग्दा पनि काममै थिए । ममा कोरोनाको कुनै लक्षण नै थिएन । तर, त्यसको १०÷१२ दिनअघि चाहिँ ज्वरो आएको थियो । त्यति बेला कोरोना परीक्षण गर्दा एन्टिजेन नेगेटिभ भयो । तर, पछि जाँच गर्दा चाहिँ पीसीआर पोजिटिभ आएको हो । एकदिन चाहिँ हल्का टाउको दुख्यो ।
मनोवैज्ञानिक दबाब भएपनि दुखेको थियो होला । तर, ठिक भइहाल्यो । खास, भन्नुपर्दा कोरोना लागेको फिलै भएन । थाहै नपाइ कोरोना जिते ।

अनि संक्रमति भएपछि घरमै बस्नुभयो कि अस्पताल जानु भयो ?

कोरोनाको लक्षण नै नदेखिएपछि अस्पताल जाने कुरै भएन । आफ्नै कोठामा बसियो । दिन त अरु बेला जस्तै नै वित्यो । म पूरै समय होमआइसोलेसनमै बसे ।

होमआइसोलेसनमा बसे भन्नुभयो, फेरि आफ्नो घर पनि होइन कोठामा हुनुहुन्छ, कसरी व्यवस्थापन गर्नुभयो ?
कोरोना संक्रमितका लागि घरमै बस्दा पनि असहज नै हुन्छ । त्यसमा पनि कोठा बसेको मान्छे संक्रमित हुँदा झनै गाह्रो । तर, मेरो चाहिँ अरू (परिवार) बस्ने कोठा र मेरो कोठा फाल्टाफाल्टै भएकाले समस्या भोग्नु परेन ।
अनि कोरोना संक्रमित हुँदा ट्वाइलेटको समस्या हुँदो रहेछ । तर, मेरोमा चाहिँ परिवार र मेरो फाल्टाफाल्टै भएकाले त्यस्तो पनि भएन ।

आइसोलेसनमा बस्दा चाहिँ समय कसरी व्यतित गर्नुभयो ?
बाहिर हिडिरहने मान्छेलाई कोठाभित्र बस्न ज्यादै गाह्रो हुँदो रहेछ । त्यसमा पनि अरुसँग बोल्न पनि नपाइने÷नमिल्ने । स्वस्थ मान्छे पनि विरामी भएको जस्तो लाग्छ । त्यसमा पनि संक्रमित भएपछि त मनोबैज्ञानिक दबाब हु्न्छ नै । म चाहिँ सतर्क भए । फेसबुक खासै हेरिन ।   समचार जस्तो पनि आएको हुन्छ डर लाग्न सक्छ भन्ने लाग्यो । विशेषगरी धेरै समय चाहिँ युट्युव हेरेरै विताए । युट्युवमा पनि सकारात्मक र सिर्जनात्मक कुरा बढी हेरे । ठ्याक्कै भन्नु पर्दा, खानेकुरा कसरी बनाउने भन्ने कुरा सिके । मैले त आइसोलेसनमा बस्दा पनि आफ्नो काम गर्न छाडिन । निरन्तर समाचार लेखि रहे ।
संक्रमित भएपछि औषधि चाहिँ के के लिनुभयो ?
मैले एलोपेथिक औषधि लिइन । धेरैतिरबाट औषधि आएको थियो । तर, खाइन । आयुर्वेदिक औषधि धेरै खाए । तुलसी, असुरोको रस बढी प्रयोग गरे । झोलिलो खानेकुरा बढी खाइयो । कपुरको बाफ लिए । योगा गरियो । योभन्दा पहिले कहिल्यै योगा गरेको थिइन । संक्रमित भएपछि युट्युवबाट सिके ।
अन्त्यमा अरु केही भन्न चाहनुहुन्छ ?
मेरो रिर्पोट नेगेटिभ आइसक्यो तर पनि दश÷एघार दिन बाहिर जान्न । अहिले आइसोलेसनमै छु । रिर्पोट पोजिटिभ आएको आज आठौ दिन भयो । दश÷एघार दिनसम्म लक्षण देखा पर्न सक्छ भनेको छ । अँ, अनि अहिले संक्रमित भएका सबैलाई शीघ्र स्वास्थ्य लाभको शुभकामना । उच्च आत्मबल भएमा कोरोना जित्न सकिन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार