इलाममा थप २७ जनामा कोरोना पुष्टि भएको छ । गत २४ घण्टाको परीक्षणमा इलाम नगरपालिकामा ५, सूर्योदय नगरपालिकामा ९, माईजोगमाई गाउँपालिकामा एक, माङ्सेबुङ गाउँपालिकामा ६ जना थपिएका छन् ।
यस्तै, आज रोङ गाउँपालिकामा एक, माई नगरपालिकामा ५ संक्रमित थपिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । हालसम्म जिल्लामा २३ जनाको मृत्यु भइसकेको छ भने एक सय २० जना निको भइसकेका छन् । जम्मा संक्रमितको संख्या आठ सय ५२ पुगेको छ ।