आर्थिक सर्वेक्षण, जीडीपी ४२ खर्ब ६६ अर्ब पुग्यो

काठमाडौं । कोरोना महामारीको कारण देशको अर्थतन्त्र प्रभावित बनेको छ । २०७७।७८ को आर्थिक सर्भेक्षण प्रतिवेदन प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले भूकम्पले भन्दा ठूलो आर्थिक क्षेत्र कोभिड-१९ले पुर्याएको बताएका छन् ।

‘आर्थिक वर्ष २०७१।२०७२ मा कोरोना महामारीबाट नेपालको अर्थतन्त्र प्रभावित हुन गई आर्थिक वृद्धिदर पछिल्लो दुई दशकमै पहिलोपटक २.१२ प्रतिशतले ऋणात्मक रहेको अर्थमन्त्री पौडेले बताए । ‘जुन आर्थिक वर्ष २०७१। ७२ मा गएको विनाशकारी भूकम्पबाट सिर्जित आर्थिक क्षति भन्दा उच्च हो।’ उनले भने ।

स्वास्थ्य संकटको अवस्थामा क्रमशः सुधार आउने अपेक्षा सहित चालु आर्थिक वर्षमा ४.०१ प्रतिशतको वृद्धिदर अपेक्षा गरिएकोमा तेस्रो चौमासिकबाट कोभिडको दोस्रो लहरले यो वृद्धिदर हासिल गर्ने कार्य चुनौतिपूर्ण रहेको अर्थमन्त्री पौडेलेको भनाई छ ।

कोभिड-१९ महामारीको कारण आर्थिक वर्ष २०७६।७७ मा कर्णाली र सुदूपश्चिम प्रदेश बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर ऋणात्मक रहेकोमा चालु आर्थिक वर्ष २०७७।७८ मा सबै प्रदेशको आर्थिक वृद्धिदर ३.५ प्रतिशत भन्दा उच्च रहने अनुमान रहेको छ ।

यस अवधिमा तुलनात्मकरुपमा आर्थिक वृद्धिदर सबैभन्दा बढी वागमती प्रदेशको ४.६५ प्रतिशत र सबैभन्दा कम प्रदेश नं २ को ३.५२ प्रतिशत रहने अनुमान छ। यद्यपि पछिल्लो समयमा कोभिड-१९ को दोस्रो लहर तीब्ररुपमा फैलिइरहेको हुँदा चालु आर्थिक वर्षका लागि अनुमानित प्रदेशगत आर्थिक वृद्धिदर हासिल गर्ने कार्य चुनौतीपूर्ण बन्दै गएको आर्थिक सर्भेक्षणमा उल्लेख छ ।

कोभिड महामारीका कारण आर्थिक गतिविधिमा संकुचन आएको भएतापनि चालु आर्थिक २०७७।७८ वर्षका प्रमुख आर्थिक परिसूचकहरु संतोषजनक रहेको प्रतिवेदनमा बताइएको छ ।

अर्थतन्त्रका परिसूचकहरु सकारात्मक रहेको दावी
सरकारले कोरोनाभाइरस ९कोभिड-१९० को महामारीमा वृद्धिदरबाहेकका अर्थतन्त्रका परिसूचकहरु सकारात्मक रहेको दावी गरेको छ ।

फागुनसम्म अर्थतन्त्र राम्रो दिशामा रहेको तर कोरोनाको दोस्रो लहरले पुन प्रभावित बनाएको अर्थमन्त्री विष्णु प्रसाद पौडेलको भनाई । आर्थिक सर्भेक्षण २०७७।७८ सम्वन्धि प्रतिवेदन सार्वजनिक गर्दै पौडेलले आर्थिक वृद्धिको लक्ष्य भेट्न चुनौतिपूर्ण रहेको स्वीकार गरेका छन् ।

सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशतको वृद्धिदर हासिल गर्ने अनुमान गरेको थियो । तर, अर्थतन्त्रले सोचेअनुसार गति लिन नसकेपछि ४.१ प्रतिशतको संसोधित अनुमान गरिएको थियो । तर, त्यो पनि अहिले चुनौतिपूर्ण बनेको हो ।

अर्थ मन्त्रालयका अनुसार आर्थिक वृद्धिदरबाहेकका परिसूचक भने सकारात्मक रहेको छ । यो अवधिमा राष्ट्रिय आय ११९६ डलर पुगेको अर्थमन्त्री पौडेलले बताए ।

राष्टिय खर्च योग्य आम्दानी १४८६ डलर पुगेको छ । मुद्रास्फिति नियन्त्रणमा रहेको र रेमिट्यान्स आप्रवाह ८.६ प्रतिशतले बढेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार