नेकपा एमाले माधव–झलनाथ समूहले राष्ट्रियस्तरमा भएका पार्टीका गतिविधि बारे घोरभर्सना गरेकाे छ ।
आज विज्ञप्ति निकाल्दै सो समूहले महाधिवेशनको मार्ग निर्देशन र पार्टी विधानको ठाडो उल्लंघन गर्दै कथित राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गरेकोमा समेत समूहले आपत्ति जनाएको छ । समूहले केपी ओली पार्टीको अवैध अध्यक्ष भएको र एकपछि अर्को स्वेच्छाचारी काम गरिरहेको आरोप लगाएको छ ।
यसैक्रममा पार्टी निर्माणको आरम्भदेखि नै नेतृत्वलाई कारबाही गरिनु निरंकुश तानाशाही निर्णय भएको जनाएको छ । विज्ञप्तिमा भक्त केसीको हस्ताक्षर रहेको छ । केसी जिल्ला कमिटीका हालका उपाध्यक्ष हुन् तर समूहले अध्यक्ष दाबी गरेको छ ।