पाँच विद्यार्थी संगठनको एकै स्वर – संसद विघटन निरंकुश र अधिनायकवादी डकैती हो

इलाम । प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ८ मा गरेको प्रतिनिधि सभा विघटनविरुद्ध इलामका पाँच संगठन एकताबद्ध भएका छन् ।

   उनीहरूले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा प्रतिनिधि सभा विघटन गर्नुले राष्ट्रिय स्वभिमान र स्वाधिनतामाथि र्न आँच पुगेको बताएका छन् ।यो कार्यले संविधानको धज्जी उडाउँदै राजनीतिक स्थिरता र लोकतन्त्रमाथि अक्षम्य प्रहार गरेको आरोप लगाएका छन् ।

   आज नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, माओबादी केन्द्र निकट अखिल क्रान्तिकारी, जनता समाजबादी निकट समाजवादी विद्यार्थी र लिम्बुवान निकट संघीय विद्यार्थी युनियन छन् । यस्तै नेकपा एमालेकै भातृसंगठन अनेरास्ववियु (माधव–झलनाथ)ले पनि ओलीविरुद्ध आवाज उठाएको छ ।

   विज्ञप्तिमा नेविसंघका अध्यक्ष प्रकाश भट्टराई, अखिल क्रान्तिकारीका अध्यक्ष विपिन पोख्रेल,अनेरास्ववियुका अध्यक्ष मानबहादुर गुरुङ, समाजवादीका अध्यक्ष रामकुमार लिङदम र संघीय विद्यार्थीका केन्द्रीय सदस्य शुक्रराज लिम्बूले हस्ताक्षर गरेका छन् । उनीहरूले वर्तमान सरकार अवैधानिक सरकार रहेको ठहर गरेका छन् ।

   विज्ञप्तिमा सोही सरकार तत्काल भंग गरेर संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठन गर्न अनुरोध गरिएको छ । यस्तै, जनप्रतिनिधिमूलक संस्थालाई सिध्याएर अध्यादेशबाट शासन गर्ने अधिनायकवादी एवं स्वेच्छाचारी कार्य लोकतन्त्रमाथिको घातक प्रहार रहेको बताएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार