विद्यार्थीलाई ल्यापटप खरिद गर्न १ प्रतिशत ब्याजमा ८० हजार ऋण

  आवाज संवाददाता

काठमाडौं। सरकारले वैकल्पिक शिक्षालाई सहयोग पुग्ने गरी ल्यापटप खरिदमा सहुलियतपूर्ण कर्जा दिने घोषणा गरेको छ।

आर्थिक वर्ष २०७८।७९ को बजेटमार्फत् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक विद्यालय तथा क्याम्पसको उच्च माध्यमिक र सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीका लागि कर्जा उपलब्ध हुने जानकारी दिए।

वैकल्पिक सिकाइमा सहयोग पुग्ने गरी एक थान ल्यापटप खरिद गर्न सरकारले बजेट विनियोजन गरेको छ।

सरकारले ८० हजार रुपैयाँसम्मका ल्यापटप एक प्रतिशत ब्याजदरमा दुई वर्षको अवधि रहने गरी कर्जा उपलब्ध गराउने जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार