कोरोना भाइरस विरुद्धको खोपका लागि २६ अर्ब ७५ करोड बजेट

  आवाज संवाददाता

HEALTH-CORONAVIRUS/OXFORD-VACCINE

इलाम।सरकारले आगामी वर्षको बजेट मार्फत् कोरोना भाइरस विरुद्धको खोप खरिद तथा व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ।

अध्यादेश मार्फत् ल्याइएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कोरोना उपचार तथा नियन्त्रणका लागि थप ३७ अर्ब ५३ करोड बजेट व्यवस्था गरिएको जानकारी दिए।

संक्रमितको उपचारका लागि आवश्यक आइसियू, भेन्टिलेटर, एचडियू बेड र परीक्षण किट खरिदका लागि ४ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ।

यस्तै कोरोना उपचारमा प्रत्यक्ष खटिने स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई दिइँदै आइएको जोखिम भत्ता संक्रमण कायम रहेको अवधिसम्मलाई निरन्तरता दिइएको छ।

मन्त्री पौडेलले कोरोना संक्रमितको सेवालाई मध्यनजर गर्दै सबै अस्पतालको जानकारी र बेडको उपलब्धताबारे नियमित जानकारी दिने व्यवस्था मिलाइएको जनाए।

सामुदायिक तथा निजी अस्पतालले अक्सिजन प्लान्ट जडान गरेमा लागतको ५० प्रतिशत पुँजीगत अनुदान दिइने भनिएको छ।

साथै कोभिड(१९ महामारी अवधिभर उद्योगहरूलाई अक्सिजन उत्पादन गर्न लाग्ने विजुलि महशुलमा ५० प्रतिशत छुट दिइने पनि जनाइएको छ। सरकारले कोभिडविरूद्धको औषधि आयात गर्दा लाग्ने भन्सार महशुलमा पनि छुट दिने जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार