ब्राउनसुगर सहित दुई जना पक्राउ

  आवाज संवाददाता

 

झापा । झापा बुद्धशान्ती गाऊपालिका-३ धाइजन चौक स्थितबाट इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थानका ३१ बर्षीय भिमल बस्नेत र २९ बर्षीय बिशाल बस्नेत रहेका छन् । शनिबार बेलुका पौने ६ बजे उनिहरुलाई लागूऔषध ब्राउन सुगर २ ग्राम ४०० मिलिग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई थप अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार