पछिल्लो २४ घण्टामा इलाममा थप ९१ जना संक्रमित थपिए

  आवाज संवाददाता


इलाम। इलाममा पछिल्लो २४ घण्टामा ९१ जना संक्रमित थपिएका छन् ।
सूर्योदय नगरपालिकामा ५७ जना, इलाम नगरपालिकामा १० जना, माङसेबुङमा ५ जना, माइजोगमाई गाउँपालिकामा १३ जना, माई नगरपालिका ४ जना, चुलाचुली गाउँपालिकामा २ जनामा संक्रमण पुष्टि भएको हो ।
इलाममा संक्रमितको संख्या ९५३ पुगेको छ । यसरीनै मृत्यू हुनेको संख्या २४ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार