जसपा आठ मन्त्रालयसहित सरकारमा सहभागी हुने निश्चित

  आवाज संवाददाता

काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष महन्थ(राजेन्द्र पक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा हसभागी हुने निश्चित भएको छ ।

बालुवाटारमा आज प्रधानमन्त्री ओलीसँग जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोबीच भएको वार्ता सकारात्मक भएको हो । वार्तामा सहभागी एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङका अनुसार जसपा ८ मन्त्रालयसहित सरकारमा सहभागी हुने निश्चित भएको हो ।

‘जसपा सरकारमा सहभागी हुन तयार नै रहे पनि एक९दुई दिन अझै समय लाग्ने उनले बताए । जसपा ८ मन्त्रालयसहित सरकारमा सहभागी हुने निश्चित भइसकेको छ ।’ उनले भने ।

ओलीले राखे प्रस्ताव
प्रधानमन्त्री ओलीले आफू राष्ट्रिय सहमतिको सरकार बनाउन अग्रसर भएको भन्दै जसपाका नेताहरूलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

बालुवाटारमा जसपा अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले राष्ट्रिय सरकार बनाउने प्रस्ताव गरेको नेम्वाङको भनाई छ ।

स्रोतका अनुसार पार्टीभित्र सर्वसम्मत निर्णय बनाउने वा कार्यकारिणी समितिमा पनि बहुमत जुटाएर निर्णय गर्नका लागि ठाकुर पक्षले समय मागेका छन् ।

जसपामा एकले अर्को पक्षलाई कारवाहीको तयारी गरिरहेकै बेला ठाकुर पक्ष दल यति दल विभाजन भए पनि आधिकारिकता पाएर सरकारमा सहभागी हुने तयारीमा जुटेका छन् ।

बालुवाटारमा आज भएको छलफलमा एमालेबाट प्रधानमन्त्री तथा अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र नेता सुवास नेम्वाङ सहभागी थिए । जसपाबाट अध्यक्ष ठाकुरसहित राजेन्द्र महतो, शरदसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण सहभागी थिए ।

ठाकुरले मागे सहयोग
जसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टीको विवाद समाधानका लागि सहयोग पुर्याउनका प्रधानमन्त्री ओलीसँग आग्रह पनि गरेका छन् । आजको बैठकमा अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओलीलाई पार्टी विवादकै बीचमा सरकारमा सहभागी भयो भने झन विवाद बढ्ने र आफ्नो आधिकारिता गुम्ने भएकाले त्यसलाई चाँडै टुंगो लगाएर मात्र सहभागी हुने स्पष्ट पारेका हुन् ।

जसपा केन्द्रीय समितिमा ४० प्रतिशत पुर्याउनेले मात्र पार्टीको आधिकारिकता पाउने राजनीतिक दल सम्बन्धी ऐनलाई संशोधनका लागि आग्रह गरेको हो ।

अध्यक्ष ठाकुरसँग केन्द्रीय समिति तथा कार्यकारिणी समितिमा ४० प्रतिशत बहुमत नपुग्ने भएपछि सरकारमा सहभागी हुनका लागि प्रधानमन्त्रीसँग अझै समय मागेको स्रोतको भनाई छ । ठाकुर पक्षले आफ्नो पक्षमा बहुमत नपुगेको कारण पार्टी अलग गर्न नसकिरहेको कुरा प्रधानमन्त्री ओलीसमक्ष राखेको बताइएको छ ।

सरकारमा सहभागी भए पार्टीको सदस्य स्वतः रद्द हुने निर्णय कार्यकारिणी समितिको बैठकले गरेको छ । जसपामा एकले अर्को पक्षलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् । नागरिकखबरबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार