इलाममा सक्रमण दर घट्दै, साेमबार ४४ जनामा संक्रमण पुष्टि

  आवाज संवाददाता

इलाम।इलाममा संक्रमितको संख्या क्रमशः न्यून हुँदै गएको छ । पछिल्लो २४ घण्टामा इलाममा ४४ जना संक्रमित थएिका छन् ।

आइतबार ९१ जनामा संक्रमण पुष्टि भएकाे थियाे ।

संक्रमितको संख्या एकै दिन एकसय ३५ भन्दाभन्दा बढी भएको इलाममा पछिल्लो दिनमा संक्रमितको संख्या घट्दै गएको देखिन्छ ।

इलाममा संक्रमितको संख्या नौं सय ९७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा इलाम नगरपालिकामा ४ जना, माइ नगरपालिकामा ४, रोङ गाउँपालिकामा १० जना र सूर्योदय नगरपालिकामा २६, जनामा संक्रमण पुष्टि भएको हो ।

इलाममा हालसम्म २४ जनाको संक्रमणबाट ज्यान गएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार