समस्या कालाे काेटमा हाेइन, कालाे साेँचमा- शर्मा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले समस्या कालो कोटमाभन्दा कालो सोँचमा रहेको बताएका छन् ।

प्रधानमन्त्री केपी ओलीले सोमबार युवा संघको कार्यक्रमलाई भर्चुअल रूपमा सम्बोधन गर्दै कालो कोटधारी केही व्यक्तिले अदालतलाई कुन अवस्था तथा कुन हैसियतमा पुर्‍याउँदैछन् भन्ने टिप्पणी गरेका थिए ।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिबारे कांग्रेस प्रवक्ता शर्माले समस्या कालो कोटमाभन्दा पनि कालो सोचमा रहेको उल्लेख गर्दै ट्वीट गरेका छन् ।

‘कालो कोटमा होइन कालो सोचमा समस्या छ प्रधानमन्त्रीज्यू’, उनले भनेका छन्, ‘व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताविरुद्ध शासकको ञभावनात्मक उत्तेजनाझ सदैव निन्दनीय हुन्छ ।’

उनले प्रधानमन्त्री ओलीलाई कटाक्षसमेत गरेका छन् । ‘अरू बोले अराजक अभिव्यक्ति, आफू बोले अभिव्यक्ति स्वतन्त्रता रु विवेक बोल्ने पूर्वप्रधानन्यायाधीशहरू आउटडेटेड अनि आफ्नो आइटडेटेड राजनीतिक दर्शन चैँ दीब्यज्ञान रु प्रधानमन्त्रीज्यू, व्यक्तिको पहिचान अभिव्यक्तिमा हुन्छ’, शर्माले भने, ‘देशको प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति रौकौं, अब ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार