ट्रकको ठक्करबाट इलामका ८२ वर्षीय तामाङको मृत्यू

इलाम।इलामको इलाम नगरपालिका वडा नं. ११ स्थित आले चोकमा ट्रक ठक्करबाट एक वृद्धको मृत्यू भएको छ ।

मंगलबार विहान विर्तामोडबाट जितपुर गोलिया लिन गइरहेको ना २ ख ९२०५ नम्बरको ट्रकले ८२ वर्षीय पदमबहादुर तामाङलाई ठक्कर दिएको थियो । आले चोक निवासी तामाङको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ ।

ट्रक चालक पाँचथर हिलिहाङ्ग गाउँपालिका वडा नं. ७ का २३ वर्षीय चन्द्रबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार