उपेन्द्र यादवलाई साधारण सदस्यबाटै निकाल्यो महन्थ ठाकुर पक्षले

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको छ ।

बबरमहलस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको हो ।

यादवलाई कारबाही गरिएको निर्णय आजै निर्वाचन आयोगमा बुझाउने डा। सुरेन्द्र झाले जानकारी दिए ।

उता, ,यादव पक्षले भने आजै ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु लक्ष्मणकर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरणको जवाफ नदिएको भन्दै पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको छ । उक्त कारबाहीको जानकारीको पत्र आयोगमा दर्ता भएको नेता डम्बर खतिवडाले जानकारी दिए । बाह्रखरीले समाचार लेखेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार