संविधानसभाका अध्यक्ष नेम्बाङ्गकाे पहलमा गृह जिल्लामा स्वास्थ्य सामग्री


इलाम। संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ्गको पहलमा जिल्लामा कोभिड–१९ नियन्त्रण तथा उपचारका लागि आवशयक पर्ने विभिन्न स्वास्थ्य सामग्रीहरु स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरिएकाे छ ।

कोभिड–१९ नियन्त्रण, व्यवस्थापन तथा विरामीको उपचारमा सहजताका लागि पठाइएको सामग्री मंगलबार स्वास्थ्य कार्यालय इलामलाई हस्तान्तरण गरिएको छ । सो सामग्रीहरु स्वास्थ्य कार्यालय मार्फत जिल्लाका सबै क्षेत्रमा वितरण गरिने बताइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयलाई उपलब्ध गराइएको सामग्रीहरुमा माक्स एक लाख थान, पीपीई सेट चार सय थान, एन्टिजिन किट तीन सय थान, केएन ९५ मास्क २५ सय थान, अक्सिमिटर २५ थना, पारासिटामोल १० हजार थान, जीङ्ग सल्फेट पाँच हजार थान, हेन्ड सेनिटाइजर पाँच सय एमएलको दुई सय थान सामग्री पठाइएको हो ।

उक्त सामग्री प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले स्वास्थ्य कार्यालयका कोभिड–१९ फोकल पर्सन बिमल बराललाई हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रममा प्रहरी उपरीक्षक नबिनराज राई र इलाम नगरपालिकाका प्रवक्ता ठाकूर नारायण श्रेष्ठकाे पनि उपस्थिति रहेकाे थियाे ।

यसरीनै भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्बाङ्गले पनि आफ्नो गृह जिल्लामा स्वास्थ्य सामग्री पठाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार