६ हजार ८५ जनामा कोरोना संक्रमण, ६८ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप ६ हजार ८५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १७ हजार १४७ पीसीआर र ३ हजार १८ एन्टिजेन परीक्षण गरिएकोमा ४ हजार ७६२ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ६ हजार ८९८ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ४ लाख ५४ हजार ३४४ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १ लाख ४ हजार ७८९ जना रहेको छ ।

२४ घण्टामा थप ६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ४५४ सय जना पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार