इलाममा बुधबार ४२ जनामा संक्रमण पुष्टि

  आवाज संवाददाता

इलाम। इलाममा पछिल्लो २४ घण्टामा इलाममा ४२ जना संक्रमित थपिएका छन् । याे संख्या अघिल्लाे दिनकाे भन्दा आधा हाे । मंगलबार ८९ जनामा संक्रमण पुष्टि भएकाे थियाे ।

इलाममा बुधबारसम्ममा संक्रमितको संख्या एक हजार १२८ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा माइजोगमाई गाउँपालिकामा २१ जना, चुलाचुली गाउँपालिकामा १ जना, इलाम नगरपालिकामा ८ जना, माई नगरपालिकामा ४, सूर्योदय नगरपालिकामा २ जना र देउमाई नगरपालिमा २ जना, फाकफोकथुममा २ जना र सन्दकुपुर गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको हो ।

इलाममा हालसम्म २६ जनाको संक्रमणबाट ज्यान गएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार