अमेरिका र क्यानाडाका इलामेलीहरुबाट झण्डै १८ लाख सहयोग

  आवाज संवाददाता

इलाम। कोराना भाइरसको संक्रमणबाट पीडित बनेका इलामहरुको सहयोगका लागि अमेरिका र क्यानाडामा बस्ने इलामेलीहरुले झण्डै १८ लाख रुपैयाँ सहयोग पठाएका छन् ।

अमेरिकामा रहेका नेपाल पत्रकार महासंघ इलामका पूर्व कोषाध्यक्ष माधव गुरुङ्ग, गायक रोशन गुरुङ्ग, शेखर गुरुङ्ग, रबिन श्रेष्ठ र बालकुमारी घिमिरेको अगुवाईमा अमेरिका र क्यानाडामा रहेका इलामेहरुबाट रकम संकलन गरेर सहयोग पठाइएको हो । इलामेहरुको पीडामा मल्हम पट्टी अभियान अन्तर्गत इलाम उद्योग वाणिज्य संघको खाता १७ लाख ६४ हजार ६ सय ७५ रुपैयाँ रकम पठाइएको हो ।

उक्त रकमले इलाम अस्पताललाई पाँच थान ट्रमा बेड खरिद गरेर हस्तान्तरण गरिने र बाँकी रकमले इलाम अस्पतालको सेवालाई भरपर्दो बनाउनका लागि खर्च गरिने अभियन्ता निरोज खड्गीले बताए । इलामको जनशक्ति व्यवस्थापनदेखि आवश्यक सामग्री व्यवस्थापनमा स्थानीय सरकार र अस्पताल व्यवस्थापन समितिसँग छलफल गरेर बाँकी रकमको काम गर्ने उनले बताए ।

यसरीनै ब्रुनाईबाट इलाम नगरपालिका वडा नं. ७ मालापथ स्थायी घर भएकी रुबि रानाले पनि एक लाख ३३ हजार नगद सहयोग गरेको खड्गीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार