इलाम समाज बेलायतद्वारा गृह जिल्लालाई स्वास्थ सामग्री सहयोग

लण्डन। इलाम समाज बेलायतले आफ्नो गृह जिल्लालाई रु १४ लाख बराबरको स्वास्थ सामग्री सहयोग गरेके छ । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाका लागि प्रत्येकलाई दुई-दुई थान अक्सिजन कन्सन्ट्रेटर र १०-१० थान अक्सिमिटर प्रदान गरिएको संस्थाका अध्यक्ष प्रमिला लाबुङ राईले बताइन् ।

बेलायतको नेपाली समुदायले नेपालकै लागि गरिरहेको सहयोगलाई समन्वयकारी भूमिका निर्वाह गरिरहेको नेपाली राजदूतावास लण्डनमार्फत समाजले पठाउन खोजेको २० थान अक्सिजन कन्सन्ट्रेटर र १०० थान अक्सिमिटर बेलायतबाट नेपाल पठाउने प्रबन्ध मिलाउने अध्यक्ष राईले जानकारी दिइन् । राजधानीबाट इलामसम्म पुर्याएर वितरण गर्ने जिम्मा भने सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले लिएका छन् ।

जिल्लामा आइपर्ने विभिन्न दैवीप्रकोपदेखि सीमान्तकृत परिवारलाई आर्थिक एंव अन्य सामग्री सहयोग गर्दै आएको समाजले बेलायतमा छुट्टै परिचय बनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार