बच्चा बेलामा आशिर्वाद दिएको सम्झन्छु,‘ठूलो मान्छे भएस् । तँ त भविष्यको कर्णदार होस्’ । त्यति बेला मलाई जीवनमा गर्नुपथ्र्यो । मेरा सानो दिमागले देश÷विदेश घुम्थ्यो । आशिर्वाद पाए जस्तै, पाइलट, डाक्टर बन्ने सपना बोक्थ्यो ।
जीवनमा सोच्न बाहेक अन्य कुरा निःशुल्क नपाइदो रहेछ । त्यति बेलाका प्रयासपनि निरर्थक थिएनन् । विद्यालयस्तरमा प्रगति गरियो । जीवनमा राम्रै काम गर्नुपर्छ भन्ने सोचेर होला, हर कुरालाई राम्रो देखियो । पारिवारिक पृष्ठभूमि, बाआमाको जीवनशैलीले पनि केही गर्नुपर्छ भन्ने लाग्थ्यो । जीवनका अनेक घुम्तीमा आमाबुवा सम्झेर होला नराम्रा काम मनमा आएन ।
जीवन यस्तो बन्दो रहेछ कि । बाल्यकाल सहज अनि त्यसपछि तनाब । मतलब, जति उमेर बढ्दै गयो, त्यति जिम्मेवारी बढ्दो रहेछ । व्यक्तिगत र पारिवारिक समस्या आउँदा रहेछन् । यसैले पनि वालापनमा सम्झेका विषयमा मन नजाँदो रहेछ । अहिले
यस्तो लाग्छ । बाल्यकालका हर कुरा सोचिएको मात्र हो , पूरा हुन्न । पछिल्ला घटनाले यसै गर्दैछन् । कुरा गरौ कोरोनाको ।
कोरोनामा सकस
अहिले दिन यस्तो अचम्मको वितिरहेको छ कि अत्यास लाग्दो छ । बच्चा बेलामा कर्णाधार पो त भन्दा ऊर्जा जागेर आउने मलाई अचेल दिनभर आलस्य लाग्न थाल्याछ । राम ! राम ! उच्च लक्ष्य राख्ने मेरो अहिले जीवनले गतिहिन दिशा अगालेको छ । लकडाउनपछि सुत्न र बस्नबाहेक केही गर्न सकिएको छैन । दिनहरू सुत्न र बस्नमै व्यस्त छन् । न त कुनै काम छ, न त केही । उ बेला बुनेका सबै सपनाका जाल पूरा नहुने भइसके ।
केही पनि छैन, सबै खाली छ । अहिले त जन्मोत्सब मनाउन पनि डर लाग्छ । मैले २० बर्ष काटिसके । जन्मदिनमा खुसी हुनु त परकै कुरा बर्षदिन बुढो भएको भान भइरहेछ । ‘हैट ! फेरि १ वर्ष पार भो । न त कसैलाई केही दिन सकियो न त केही लिन नै ।’ मन दौडेको दौडै छ । मनको कुदाइले खाडी मुलुक टेकी सक्यो तर शरीर जहाँको तही छ । किनकि लकडाउनले घरबाहिर निस्कन दिएको छैन । खाली तनाब लाग्छ । ‘जीवन यसरी नै वित्ने रहेछ है’ । सायदै कोरोना भइरहयो भने प्रगति शून्य नै हुन्छ । यति बेला तनाबबाहेक केही छैन ।
युवाको भविष्य
म मात्र होइन, अधिकांश युवाको भविष्यमा कोरोनाले कालो पोतिदिएको छ । काम गर्ने समयमा घरभित्र बस्नु परेको छ । यसले हामी सबै युवालाई पछि पारिरहेको छ । यसका लागि हामीले वैकल्पिक मार्ग रोज्नु पर्छ । हामी कोरोनासँग जुधेर काम गर्न सक्नु पर्छ । नभए युवा जोश र जाँगर मृग तिष्ठा बन्न सक्छ । कोरोनाका नयाँ भेरियन्सहरु बढिरहेका छन् । आउँदा भेरियन्समा भने युवा वर्ग घरभिर बस्नु पर्ने बाध्यता हटाउन पहल गर्नुपर्ने देखिन्छ ।