ज्यान मुद्धाका फरार अभियुक्त ४ थान भरुवा बन्दुकसहित पक्राउ

मोरङ । मोरङको केरावारी गाउँपालिका-३ का ३२ बर्षीय हस्तबहादुर राईको हत्यामा संग्लग्न रहेका ४ जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेकाे ५ ।  उनीहरुलाई चार थान भरुवा बन्दुक सहित पक्राउ गरिएकाे हाे ।

बैशाख ८ गते मृतक सहित १० जनाको समुहमा स्थानीय बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा शिकार खेल्न गएको बेला समुहकै गजेन्द्र राईले चलाएको भरुवा बन्दुकको गोली लागेर राईको मृत्यु भएको थियो ।  प्रहरीले घटनामा संग्लग्न रहेका मध्ये रुबिन लिम्बु र गजेन्द्र बहादुर राईलाई बैशाख ९ गते नै १ थान भरुवा बन्दुक सहित पक्राउ गरेको थियो ।

उक्त घटनामा संग्लग्न रहेका अन्य अभियुक्तहरुको प्रहरीले खाेजिरहेकाे थियाे । उनीहरुलाई बुधबार केराबारी गाउँपालिका प्रहरीले पक्राउ गरेकाे हाे । पक्राउ पर्नेहरुमा केराबारी गाउँपालिका- ३ का ४४ बर्षीय डिक बहादुर राई, ३६ बर्षीय बुद्धबिर लिम्बु, १९ बर्षीय राम प्रसाद राई र लेटाङ नगरपालिका-१ का १९ बर्षीय विपन लिम्बु रहेका छन् । निजहरु पक्राउ परेसँगै थप अनुसन्धान गर्ने क्रममा घटनामा प्रयोग भई उनीहरुले जंगलको ओढारमा लुकाएर राखेको ४ थान भरुवा बन्दुक समेत बरामद गरिएको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार