इलाममा बिहीबार ७३ जनामा संक्रमण पुष्टि


इलाम।इलाममा पछिल्लो २४ घण्टामा इलाममा ७३ जना संक्रमित थपिएका छन् । बुधबार भने ४२ जनामा संक्रमण पुष्टि भएको थियो ।

इलाममा बुधबारसम्म संक्रमितको संख्या एक हजार २०१ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा माङसेबुङ गाउँपालिकामा सबैभन्दा बढी २४ जना, चुलाचुली गाउँपालिकामा ४ जना, माई नगरपालिकामा १७ जना, इलाम नगरपालिकामा १० जना, रोङ गाउँपालिकामा ९ जना, सूर्योदय नगरपालिकामा २ जना र देउमाई नगरपालिमा ७ जनामा संक्रमण पुष्टि भएको हो ।
इलाममा हालसम्म २६ जनाको संक्रमणबाट ज्यान गएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार