तेह्र महिनासम्म पनि भएन डीआईजी सरुवा, प्रतिस्पर्धीको दौडधुप जारी

काठमाडौं । गृहमन्त्री नहुँदा १३ महिना वितिसक्दा पनि नेपाल प्रहरीका डीआईजीहरुको सरुवा रोकिएको छ । अहिले गृहमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सम्हाले पनि उनले सरुवामा चासो दिएका छैनन् ।

प्रहरीमा एक वर्षमा नियमित सरुवा हुने गर्छ । नियमित समयमा सरुवा नहुँदा प्रहरीको ‘कमाण्ड कन्ट्रोल’ र कार्यसम्पादनमा समेत असर पर्ने प्रहरी अधिकारीहरु बताउँदै आएका छन् । कोरोना महामारी र राजनीतिक विवादबीच डीआईजीहरुको सरुवा ओझेलमा परेको हो । सातवटै प्रदेशका डीआईजी र केन्द्रीय अनुसन्धान व्युरो ९सीआईबी०का प्रमुखको एक वर्षको अवधी गत वैशाख ८ मा पुगिसकेको छ ।

डीआईजीहरु भने आफ्नो चाहनाअनुसारको सरुवाको दौडधुपमा छन् । प्रदेश नम्बर १ मा डीआईजी सहकुल थापा र अरुण विसीको चर्चा छ । प्रदेश २ मा दिवेश लोहनीको नाम चर्चामा छ भने वाग्मती प्रदेशमा प्रकाशजंग कार्कीको नाम चर्चामा छ ।

एसएसपी र डीआईजीको सरुवा मन्त्रीस्तरीय निर्णयबाट हुने भएकाले पनि सरुवा रोकिएको प्रहरी उच्च अधिकारीहरु बताउँछन् ।

डीआईजीहरु भने आफ्नो चाहनाअनुसारको सरुवाको दौडधुपमा छन् । प्रदेश नम्बर १ मा डीआईजी सहकुल थापा र अरुण विसीको चर्चा छ । प्रदेश २ मा दिवेश लोहनीको नाम चर्चामा छ भने वाग्मती प्रदेशमा प्रकाशजंग कार्कीको नाम चर्चामा छ ।

गण्डकी प्रदेशमा पुरुषोत्तम कँडेलको चर्चा हुँदा लुम्बिनी प्रदेशमा गणेश ऐरको चर्चा प्रहरी प्रधान कार्यालयमा चल्दै आएको छ । यस्तै कर्णाली प्रदेशमा प्रकाश अधिकारी, सुदूरपश्चिममा राजेशलाल कर्ण र महत्त्वपूर्ण मानिँदै आएको केन्द्रीय अनुसन्धान व्युरो ९सीआईबी०का धिरजप्रताप सिंह र उत्तमराज सुवेदीको नाम चर्चामा छ । उनीहरुमध्ये एकजनाले सीआईबीको नेतृत्त्व पाउने निश्चित प्रायः रहेको गृह र प्रहरीकै अधिकारीहरु बताउँछन् ।

यस्तै रविन्द्र धानुकको नाम विशेष व्युरोमा चर्चामा छ । वसन्त लामाको नाम पनि महत्त्वपूर्ण विभागकै लागि चर्चामा छ ।

यसबाहेक अन्य डीआईजीहरुको सरुवा प्रहरी प्रधान कार्यालयभित्रै हुनेछ । बाह्रखरीले समाचार लेखेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार