मलम पट्टी अभियानले पुर्यायाे स्थानीय तहमा स्वास्थ्य सामग्री

इलाम  । कोरोना भाइरस (कोभिड–१९)को विषम परिस्थितिमा नागरिकलाई स्वास्थ्य सामग्री जुटाउन निर्माण भएको ‘इलामेलीहरूको पीडामा मल्हम पट्टी’ अभियानले उल्लेखिय काम गरिरहेको छ ।
केही हप्ताअघि गठन भएको अभियानमा स्वदेश तथा विदेशबाट राहत सामग्री आइरहेका छन् भने अभियानले वितरण गर्ने काम पनि जारी राखेको छ । अभियानले खडा गरेको राहतमा इलामेसँगै प्रवासमा रहेका इलामेले समेत सहयोग जुटाइरहेका छन् । अभियानले अहिले स्थानीय तहलाई राहत सामग्री हस्तान्तरण गरिरहेको छ । अभियानका अभियान्ता निरोज खड्गीका अनुसार एक पालिकालाई एक लाख ४० हजार रुपैयाँ बराबरका सामग्री वितरण गरिँदैछ ।
“हाम्रो अभियान निरन्तर चलिरहेको छ । अहिले पनि हामी माई नगरपालिकामा छौ ।” खड्गीले भने,“हामीले स्वास्थ्यका लागि अत्यावश्यक पर्ने सामग्री वितरण गरिरहेका छौ ।” अहिले अभियानले सेमि फोल्डिड बेड तीन थान, सादा बेड २ थान, पीपीइ १० सेट, सेनिटाइजर १० लिटर मास्क ५ सय थान, ग्लोव्स ४ सय जोर, फेस शिल्ड १० थान, थर्मल गन एक थान र अक्सीमिटर तीन थान हस्तान्तरण गरिरहेको छ ।
हालसम्म जिल्लाका १० इलाम नगरपालिकास्थित इलाम अस्पतालमा रु छ लाख बराबरको अक्सिजन मेसिन जडान गरेको छ । अन्य नौ स्थानीय तहमध्ये सात वटामा अभियानले सामग्री पठाइसकेको छ । जिल्लाका देउमाई नगरपालिका र सन्दकपुर गाउँपालिकामा भने सामग्री पठाउन बाँकी रहेको इलाम उद्योग बाणिज्य सङ्घका अध्यक्ष इश्वर चिपालूले जानकारी दिए ।

उनका अनुसार सबै स्थानीय तहमा सामग्री वितरण पछि सर्वदलीय र सर्वपक्षीय वैठक राख्ने र नयाँ सामग्री कहाँ कहाँ पठाउने छलफल गरिने छ । बुधबार मात्रै अभियानले नेपाल पत्रकार महासंघलाई समेत सामग्री वितरण गरेको थियो । ‘इलामेहरुको पीडामा मल्हम पट्टी’ अभियान अन्तर्गत कोभिड व्यवस्थापन तथा राहत कोष व्यवस्थापन तथा सञ्चालन समितिमा उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी, नेपाल पत्रकार महासंघ, निरोज खड्गी र रतन चौधरी सदस्य रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार