ओली सरकारमा भएका चारजनाबाहेक सबै मन्त्री हेरफेर गरिँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान मन्त्रिपरिषदमा रहेका ४ जनाबाहेक एमालेका सबै मन्त्रीलाई पदमुक्त गर्ने भएका छन् ।

अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लीलानाथ श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङबाहेक सबै मन्त्रीलाई पदमुक्त हुने भएका छन् ।

अब परराष्ट्र मन्त्रालयको जिम्मा एमालेका रघुबीर महासेठले पाउने छन् । उनी उपप्रधानमन्त्रीको हैसियतमा मन्त्रिपरिषदमा सहभागी हुने बताइएको छ । यस्तै अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि उपप्रधानमन्त्री बन्ने स्रोतको भनाइ छ ।

त्यस्तै शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री हुने भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार