मन्त्रीहरुले लिए सपथ

  आवाज संवाददाता

काठमाडौँ । नवनियुक्त मन्त्रीहरुले सपथ ग्रहण गरेका छन् ।

शुक्रबार बेलुका ८ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेपछि नयाँ मन्त्रीहरुलाई सपथ ग्रहण गराइएको हो ।

नयाँ मन्त्रिमण्डलमा १७ जना सदस्य रहेका छन् ।

नयाँ मन्त्री बनेकाहरुमा ८ जना मन्त्री र दुईजना राज्यमन्त्री रहेका छन् । मन्त्री बन्न्नेहरुमा राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण,चन्दा चौधरी, एकवाल मियाँ, विमल श्रीवास्तव, उमाशंकर अरगरिया र रेणुका गुरुङ, चन्द्रकान्त चौधरी छन् ।

एमालेबाट विष्णु पौडेल, रघुवीर महासेठ, शेरबहादुर तामाङ, कृष्णगोपाल श्रेष्ठ, वसन्तकुमार नेम्वाङ र लीलानाथ श्रेष्ठ मन्त्री बनेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार