मन्त्री परिषाद् पुर्नगठनले  समस्या समाधान हुन नसक्ने नेपाली कांग्रेसले टिप्पणी

  आवाज संवाददाता

इलाम। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेकाे मन्त्री परिषाद् पुर्नगठनले  समस्या समाधान हुन नसक्ने नेपाली कांग्रेसले टिप्पणी गरेको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै समस्याको जड नै प्रधानमन्त्री भएकाले मन्त्री फेरेर मात्र समस्या समाधान नहुने बताएका छन् ।

उनले मन्त्रिपरिषद पुनर्गठनलाई दुई चार दिनको घाँमछाँयाको संज्ञा दिएका छन् । उनले सर्वोच्च अदालतको फैसला नआउञ्जेल मन्त्रिपरिषदको पुनर्गठन ‘दुई चार दिनको घामछाँया’ भनेका छन् ।

उनले कलेजोमा रहेको क्यान्सरको निदान बुढी औलामा शिवाजल गोली दलेर नहुनेसमेत जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार