इलाम । इलाममा पछिल्लो तीन दिनयता कोरोना भाइरसबाट संक्रमितको संख्या घटेर २० देखि ३० को हाराहारीमा रहेको छ । आज आइतबार इलाममा २८ जनामा संक्रमण पुष्टि भएको छ ।
आइतबार सूर्योदय नगरपालिकामा १९ जना, इलाम नगरपालिकामा ४ जना, माङसेबुङ र फाकफोथुम गाउँपालिकामा २–२ जना तथा चुलाचुली गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको प्रशासनले जनाएको छ ।
जिल्लामा निषेधाज्ञा जारी भएपछि संक्रमण दर न्यून हुँदै गएको देखिन्छ । जेठ २० गते ७३ जना संक्रमित भएकामा २१ गते २४ जना, २२ गते २६ र २३ गते आइतबार २८ जनामा संक्रमण पुष्टि भएको छ । तर, कति एन्टिजिन र पीसीआर परीक्षण गर्दा उक्त संख्यामा पोजेटिभ देखिएको भन्ने विवरण भने प्रशासनले खुलाउने गरेको छैन । यसले संक्रमणको अवस्था यकिन हुन भने सकेको छैन । परीक्षण कम भएर संक्रमितको संख्या कम भएको या परीक्षण भएर पनि संक्रमितको दर घटेको भन्ने यकिन हुन नसकेको हो ।
इलाममा संक्रमणबाट मृत्यू हुनेको संख्या भने २९ पुगेको छ ।