विषालू च्याउ खाएका एकको मृत्यू, एकको अवस्था गम्भीर

  आवाज संवाददाता

इलाम। विषालु जंगली च्याउ खाएर विरामी परेका चार मध्ये एक जनाको गए राती मृत्यू भएको छ ।

सन्दकपुर गाउँपालिका वडा नं. १ छाँगेका ५२ वर्षीय टीकाबहादुर राईको गए राती १२ बजे मृत्यू भएको सन्दकपुर गाउँपालिका वडा नं. १ का वडाध्यक्ष नन्दकुमार राईले बताए । विएण्डसी अस्पताल विर्तामोडमा उपचाररत उनको शव घर ल्याउने तयारी भइरहेको पनि अध्यक्ष राईले बताए ।

विषालु जंगली च्याउ खाएर शनिबार इलाम नगरपालिका वडा नं. ३ पुवामझुवाका दुई जना र सन्दुकपुर गाउँपालिका वडा नं. १ का दुई जना गरी चार जना विरामी भएका थिए । दुई जनाको अवस्था भने चिन्ताजक रहेको थियो ।

जंगली च्याउ खाएर छाँगेका टीकाबहादुर राईसँगै जीतबहादुर राई, पुवामझुवाका बीरमान राई र उनकी श्रीमती विष्णुकुमारी राई विरामी भएका थिए ।

५० वर्षीय जीतबहादुर राईको अवस्था चिन्ताजनक रहेको छ । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ  भने दुई जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो जंगली च्याउ बीरमानको घरमा पकाएर चारै जनाले खाएका थिए । च्याउ खाएपछि घर हिँडेका जीतबहादुर र टीकाबहादुर विषालु च्याउले मातेर बाटाेमा वेहोस अवस्थामा भेटिएका थिए । बीरमान र उनको श्रीमती विष्णुकुमारीलाई भने घरमै च्याउले मातेको अवस्थामा भेटिएपछि स्याम्पुहरु खुवाएर वान्ता गराइएर अस्पताल लगिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार