योगेश भट्टराईले भने अध्यक्ष ओलीको घोषणा सकारात्मक

  आवाज संवाददाता

 

काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने घोषणा सकारात्मक भएको बताएका छन् ।

ओलीले वक्तव्यमार्फत गरेको घोषणालाई भट्टराईले फेसबुकमा स्टाटस लेख्दै सकारात्मक रहेको प्रतिक्रिया दिएका हुन् ।

उनले अब कार्यदलले थप विषयहरु समाधान गर्ने बाटो खुलेको पनि बताएका छन् । त्यस्तै, भट्टराईले ओलीको घोषणाले नेतृत्वबीच सार्थक संवाद हुने तथा नेकपाको एकतालाई अक्षुण राख्न मद्दत पुग्ने अपेक्षा गरेको समेत बताएका छन् ।

यस्तो छ भट्टराइको स्टाटसः

नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेकपा एमालेको एकताका लागि आज सार्वजनिक बक्तब्य मार्फत गर्नु भएको आह्वन मुलत सकारात्मक छ । कार्यदल स्तरको छलफललाई यो बक्तब्यले पुन निरन्तरता दिन बाटो खुलेको छ । पार्टीका जिम्मेवार नेता कमरेडहरु सम्मिलित कार्यदलले स्पस्ट गर्नु पर्ने र मिलाउनु पर्ने थप बिषयहरुलाई समाधान गर्ने छ । सर्बोच्चमा बिचाराधिन बिषयमा सबै संभावनालाई ख्याल गर्दै र मुलत संबिधानको रक्षा, लोकतान्त्रिक प्रकृयाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निष्कर्षमा पुग्नु उपयुक्त हुनेछ । सारमा अध्यक्षको वक्तव्यले पार्टीको शीर्ष नेतृत्वका बीचमा सार्थक संवाद हुनेछ र नेकपा एमालेको एकतालाई अक्षुण राख्न मद्घत पुग्ने अपेक्षा गर्दछु । हजार माईलको यात्रा पहिलो पाईलाबाट नै शुरु हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार